नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्।
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न गठित वार्ता कमिटीले आज आइतबार दुई पक्षीय वार्ता गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज विहान भएको वार्ता सकारात्म भएको बताइएको छ ।
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ।
भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।
रौतहटमा गोली लागि एक जनाको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सडक विस्तार गर्नेक्रममा स्थानीयबीच बिवाद हुँदा स्थानीयद्वारा चलाइएको बन्दुकको गोली लागि ५० वर्षीय रामकुमार राय यादवको हिजो मृत्यु भएको थियो । पालिकाको वडा ८ धोबिनियाँ टोलको सडक चौडा गर्नेक्रममा सडकछेउ जमिन भएका रामईश्वर राय र राजकुमार रायबीच बिवाद भएको थियो ।
आफैले तयार पारेको अचार बिक्री नभएपछि गुल्मीका महिला उद्यमी चिन्तित बनेका छन् । गुल्मी दरबार गाउँपालिका –१ जुभुङ्गकी ४० वर्षीया सरस्वती गौतम आफैले तयार पारेको अचार बिक्री नहुँदा चिन्तित हुनुभएको हो ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रका सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई राज्यले प्रयोग गर्नुपर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकामा स्थानीय इटहरा युवा क्लवले आयोजना गरेको प्रथम रतुवामाई कृषि महोत्सवको आइतबार उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) का सचिव तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले समाजलाई ढाँट्नु राजनीतिक अपराध भएको बताउनुभएको छ । चुनावताका अनेकथरी जनतामा भ्रम बाँड्नु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउन हरेक पक्षसँग समन्वय, छलफल गरिरहेको बताउनुभएको छ।
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डमा बैशाख ४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सो सडकखण्ड बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म दुई पटक गरेर पाँच घण्टा बन्दहुने भएको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको लेन्सलाई हराउन पीएसजीका लागि केलियन एमबाप्पे, लियोनल मेस्सी र भिटिन्हाले गोल गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबमाथि कठिन जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सङ्कटाले एपीएफलाई १–० गोलले हरायो ।