चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न दुई हप्ता समय दिनुभएको छ। डा. केसीले छ बुँदे माग राख्दै भदौ १२ देखि २० औं सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको थियो।
पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ। उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ। स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। यहाँको व्यापार व्यवसाय फष्टाएको छ। व्यवसायी विभिन्न विकल्प खोज्दै छन्।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ।
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ ।
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।
मुना हमालसुर्खेत, भदौ ११ गते। कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनुभएको हो। माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले राजीनामा दिनु भएको हो। माओवादी केन्द्रले अब उहाँहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा हुनुहुन्छ। कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।
दार्मा गाउँपालिका २ का हेमन्त शर्मा सल्यान खलंगा आउन पैदल चार घण्टा हिँडेर थारमारे आउनुभयो । पश्चिम रुकुम चौरजहारी दार्मा हुँदै राप्ती राजमार्गको थारमारे आउने सडक वर्षा सुरु भएपछि अवरुद्ध भएको छ । दार्मा ६ का इन्द्रबहादुर केसीले सडक अवरुद्ध हुँदा सास्ती भएको बताउनुभएको छ ।
महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।
काठमाडौं, भदौ १२ गते । चलचित्र ‘झिँगे दाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय छ । फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–२० खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्ने लक्ष्य राखेको छ
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् ।
सप्तरीसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ ।
प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि बोराभर चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ । कसैलाई सुईको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका छन् ।