निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
काठमाडौं, भदौ २६ गते। गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमभावलाई नजिकबाट केलाइएको छ।गीतमा नवीन कार्कीको संगीत रहेको छ। गीतलाई निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताउनुभएको छ।गीतकार ममता मिश्रको अफिसियल च्यानलबाट बजारमा ल्याएको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको भिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएलगायतका गीत यसअघि नै बजारमा आइसकेका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।
नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले हरायो ।
महाराजगन्ज नगरपालिका –५ उदयपुर गाउँको आकाशमा ठूला चरा आकाशको परिक्रमा गरिरहेका छन् । विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै परिक्रमा गर्छन् । गाउँको दुर्गा भवानी आधारभूत विद्यालयको छेउमा रहेको अग्लो कर्माको रुखमा ७ वटा भुँडिफोर चराले गुँड लगाएका छन् । गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् ।
बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ।
राष्ट्रिय समाचार समिति (रासस)ले आइतबारदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ। दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्नुहुने छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
बागलुङको गलकोट नगरपालिका –५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । नगरपालिकाले समयमै औषधी खरिद नगर्दा उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी मर्कामा परेका छन् ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।
तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ । ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
काठमाडौं, भदौ २६ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव चार करोडको शेयर कारोबार भएको छ।
ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।