• १० मंसिर २०८१, सोमबार

नवौं राष्ट्रिय खेलकुद क्रिकेट

सुदूरपश्चिम र पुलिसको जित

blog

राष्ट्रिय खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २६ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागी टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले हरायो ।

सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । जितका लागि एक सय ४५ रनको विजय लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ३१ रनमा समेटियो । 

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले हरायो । पहिले ब्याटिङ गरेको कर्णालीले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो । ८६ रनको विजय लक्ष्य पछ्याएको पुलिसले १०.४ ओभरमा लक्ष्य भेट्टाएको थियो ।

यसैगरी वर्षका कारण मूलपानी क्रिकेट मैदानमा तय भएको बागमती प्रदेश र एनआरएनए स्पोर्टस् क्लब तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल हुन सकेन । खेल स्थगित भएपछि सबै टोलीले एक एक अङ्क बाँडेका छन् ।