• १५ असार २०८१, शनिबार

पहिरोको जोखिममा स्वास्थ्य चौकी

blog

बागलुङ समाचारदाता

बागलुङ, भदौ २६ गते । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको छ। स्वास्थ्य चौकी भवन अगाडिको भाग दब्दा भवन नै भत्किने अवस्थामा पुगेको हो। २०७६ सालमा निर्माण भएको उक्त भवन सञ्चालनमा आएको वर्ष दिन नबित्दै पहिरोको जोखिममा परेको हो। भवनको माथिदेखि पहिरो झरेको छ। तलपट्टि पहिरो खसेको छ। 

करिब दुई करोड तीन लाख रुपियाँ लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन संरक्षणका लागि वडा कार्यालयले प्रयास थाले पनि सार्थक हुन सकेको छैन। बागलुङ नगरपालिकाले स्वास्थ्य भवन जोगाउन ६५ लाख रुपियाँ विनियोजन गरेको वडाध्यक्ष राजु थापाले बताउनुभयो। जग्गा छनोटमा ध्यान नदिँदा समस्या भएको उहाँको भनाइ छ।