शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशित चलचित्र ‘जारी–२’ करिब दुई सय सोसहित प्रदर्शनमा आएको छ ।
गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा सङ्गीत समावेश गीतलाई कमल सौरागले एरेन्ज गर्नुभएको छ । ‘सिएम डिजिटल’ मार्फत युट्युब प्रिमियर गरिएको गीतले बिछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ ।
नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक शुक्रबार विमोचन भएको छ । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष साहित्यकार डा. नवराज ल
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ ६ पैसा निर्धारण गरिएको छ ।
कहिले वर्षा त कहिले खडेरी अनि मल र बिउको हाहाकार झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसानलाई सकस छ । सुदूरपश्चिम प्रदेशमा धान बेच्ने समय व्यतीत हुन लाग्दा सरकारले ताकेको मूल्य र कोटाको झमेला उनीहरूमाथि थपिएको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले धान किन्ने कोटा घटाएपछि किसानलाई धान बेच्न सकस भएको हो ।
चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ । चन्द्रागिरी हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो ।
छोरा देवकुमार सुवेदीको जेनजी आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएपछि लालबन्दी नगरपालिका–५, मेजरगन्ज शान्ति टोलका उजिरबहादुर सुवेदी र पत्नी यशोदाकुमारी अहिले सहाराविहीन हुनुभएको छ ।
जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङको बोबाङबाट ढोरपाटन जाँदैगरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतले बताउनुभयो ।
धनकुटा नगरपालिका –६, स्थित औद्योगिक क्षेत्रबाट अवैध लागूऔषसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कालिकोटको थीर्पुघाट चौरबाट सुर्खेत जाँदैगरेको भे १ ज १०५६ नम्बरको बुलेरो जिप (बन्दबडी) दैलेखको आठबिस नगरपालिका –८ सेरावाडमा दुर्घटना हुँदा १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय राकमकर्णाली दैलेखले जानकारी दिएको छ ।
निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
काठमाडौँ, कात्तिक २१ गते । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ । खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उज्ज्वल राईले एक गोल गर्नुयभो । देउरालीका विशाल तामाङ खेलको प्लेयर अफ द म्याच बन्नुभयो । अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबका बिचमा १–१ गोलको बराबरी भयो । विजयका लागि अरुण थापा तथा चित्लाङका लागि विजय खड्काले गोल गर्नुभयो । मङ्सिर २ गतेसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ ।