नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गर्नुभएको छ।
काठेखोला गाउँपालिका –८ लेखानीका लक्ष्मण पुनको एग्रो रिसोर्टमा पछिल्लो समय भिडभाड देखिएको छ । बागलुङ, पर्वत र म्याग्दीका युवा युपवतीका फेसबुकमा पुनको एग्रो रिसोेर्टमा खिचेका तस्बिर र भिडियो पछिल्लो समय भाइरल भइरहेको छ।
उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते हुनु भएको छ ।
ताप्लेजुङमा उद्यमीहरुलाई उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारीसम्बन्धी तालिम प्रदान गरिएको छ । एनसाव नामक संस्थाले जिल्लामा विभिन्न उद्यम गर्दैआएका उद्यमीलाई तालिम प्रदान गरेको हो ।
सामाजिक सुरक्षा व्यवस्था संविधानले प्रत्याभूत गरेको नागरिकको आधारभूत अधिकारसँग सम्बन्धित भए पनि मधेश प्रदेशमा यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।
रामपुर नगरपालिकामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ प्रतिभाको पहिचानसँगै ग्रासरुटका बाल खेलाडीलाई अवसर प्रदान गर्न रामपुर फुटबल एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ स्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट साँझपख देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला सुन्दर दृश्य । अघिल्लो हप्ता परेको हिमपातका कारण हिमालहरु सेताम्मे भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाल छाडेर कहीँ नभाग्ने बरु मर्नुपरे देशका लागि यही मर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।
इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध अन्ततः हटेको छ ।
प्रतिनिधिसभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख उपसभामुखसंगको शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति जति बनाउन सक्छौ त्यतिनै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पार्नुभयो।
बोलेरो जिपको ठक्करबाट लमजुङमा बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका –१, बागलुङपानी स्थित सडकमा शुक्रबार बलेरो जिपले ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको हो ।
सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ।
सर्लाही, महोत्तरी, रौतहटसहित विभिन्न जिल्लाका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि तीन दिन अर्थात् ७२ घण्टा बोर्डर ‘सिल’ गर्न लागिएको हो ।