मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।
वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताउनुभएको छ ।
पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अङ्गालेको देखिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।
इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः सुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् ।
मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
संयुक्त राज्य अमेरिकाको जन कूटनीतिका कार्यवाहक उपमन्त्री ली साटरफिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लुले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको न्युयोर्कमा शुभारम्भ गर्नु भएको छ।
जिल्लाका ग्रामीण सडक मर्मत नगरिए पनि यातायात व्यवसायीले जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गर्नुभएको छ ।