• ११ असोज २०८१, शुक्रबार

न्यू‌योर्कमा दक्षिण एसियाली युवा नेता अभियानको उद्‌घाटन

blog

अमेरिका, असोज १० गते । संयुक्त राज्य अमेरिकाको जन कूटनीतिका कार्यवाहक उपमन्त्री ली साटर‌फिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लुले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको  न्युयोर्कमा शुभारम्भ गर्नु भएको छ।

उक्त अभियानले दक्षिण एसियाली देशहरू नेपाल, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भारतका युवा नेताहरूलाई आर्थिक अवसर, वातावरणीय अनुकूलन एवं नागरिक सहभागिता जस्ता साझा महत्वका विषयहरूमा एकताबद्ध गर्ने अपेक्षासहित उक्त अभियान सुरु गरिएको हो ।

४२ करोड बढी युवा रहेको दक्षिण एसियामा यस अभियानले युवा नेतृत्वबिच सञ्जाल निर्माण गर्ने, नेतृत्व विकासका लागि प्रशिक्षण, पेसागत भेट‌घाट तथा शैक्षिक छात्रवृत्तिलगायत अवसरहरू प्रदान गर्नेछ, जसका कारण युवाहरुले आ-आफ्नो देशमा र समग्र क्षेत्रमा सकारात्मक प्रभावलाई बल पुर्‍याउने छन्।

संयुक्त राष्ट्रसङ्घको महासभा भइरहेको सन्दर्भमा घोषणा गरिएको यस अभियान‌ले दक्षिण एसियाली देशका सरकारी पदाधिकारी, निजी क्षेत्र एवं नागरिक समाजका प्रतिनिधि तथा साझेदार र विद्यार्थीलाई साझा मञ्च प्रदान गर्दै एकीकृत गरेको छ र  संसारका युवालाई सशक्तीकरण गर्ने तथा क्रियाशील बनाउने संयुक्त राज्य अमेरिकाको अचल प्रतिबद्धतालाई प्रस्तुत गरेको छ। 

यस युवा अभियान अफ्रिकी युवा अभियान, दक्षिण पूर्वी एसियाली युवा अभियान, अमेरिकी युवा अभियान अन्य क्षेत्रीय युवा अभियानसँगै हातेमालो गर्दै अघि बढ्नेछ।