कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रस्तुति दिने भएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रर्दशन हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
बाँकेको राप्तीसोनारी-४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।
बागलुङ नगरपालिकाका–४ स्थित कुँडुले फेँदी । बागलुङ बजार नजिकै रहेको कुँडुले फेदी अन्नबाली उत्पादनका लागि उर्वर मानिन्छ ।
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट जिल्लाको गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको छ ।
गृहमन्त्री रमेश लेखकले सरकार विपद् न्यूनीकरण गर्दै नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउनुभएको छ ।
द्वन्द्वपीडित परिवारले जिल्ला प्रशासनमा सूचीकृत हुन नसक्दा सरकारबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताएका छन् ।
जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वी नवलपरासीमा डेङ्गुको सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्कअनुसार १११ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ ।
ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी–४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका लागि उपयुक्त बनाउन सुरक्षा परिषदको व्यापक सुधार आवश्यक रहेकोमा जोड दिनुभएको छ ।