गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीसँगै जोडिएको जग्गामा पेट्रोल पम्प निर्माण रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले बिहीबार कारण देखाऊ आदेश जारी गरेको छ ।
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–५ स्थित ३७ किलोमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ ।
नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुरा र हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रालाई ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरू अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताउनुभएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।
रुसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको बताएको छ ।
बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने बताउनुभएको छ ।
नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था छ ।
बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो जितको रफ्तार जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलले हरायो ।
सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गर्नुभएको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ ।