• ११ असोज २०८१, शुक्रबार

बार्सिलोनाको जितको रफ्तार कायम

blog

गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, असोज १० गते । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो जितको रफ्तार जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा रोवर्टो लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा लेवान्डोस्कीले १९औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । यससँगै बार्सिलोनाले सातौँ खेलसम्म जितको यात्रा कायम राखेको छ । 

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले सातखेलबाट २१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट १७ अङ्क छ । पराजित गेटाफे चार अङ्कसहित १९औँ स्थानमा छ । एजेन्सी