पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।
विकासात्मक मनोविद्का अनुसार मानिसको मस्तिष्क विकासका दृष्टिले तीन वर्षसम्मको उमेर महत्वपूर्ण मानिन्छ
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।
उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् ।
सांस्कृतिक समाज नेपालले नेपाली मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
दसैँको टीका पूर्णिमासम्म लगाउने प्रचलन छ । तथापि, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, बाग्लुङ, स्याङ्जा, प्युठानलगायत जिल्लामा प्रायः एक दिन मात्रै दसैँको टीका ग्रहण गरिन्छ ।
विश्व पर्यटन दिवस–२०२४ का अवसरमा वसन्तपुर दरबार क्षेत्रमा शनिबार धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुत गरेका छन् । हजार कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पु¥याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।
दाङमा व्यावसायिक माछापालनमा वृद्धि भएसँगै उत्पादन बढ्न थालेको छ । माछापालनका लागि उपयुक्त माटो, हावापानीसँगै सरकारले अनुदान दिन थालेपछि व्यावसायिक माछापालनसँगै उत्पादनमा वृद्धि हुँदै गएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) नौ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत असोज ११ र १२ गतेको बाढीपहिरोले क्षति पुर्याएको दोलखाको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउनुहुन्छ ।
दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ ।