व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।
चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ ।
इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बरमझियामा आइतबार सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।
ओखलढुङ्गाका ८४ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ ।
कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।
भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताउनुभएको छ ।
काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् ।