• ४ कात्तिक २०८१, आइतबार

सवारी दुर्घटनामा एकको मृत्यु, २५ जना घाइते

blog

सप्तरीको बरमझियामा अनियन्त्रित भई सडकमा पल्टिएको बस । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, कात्तिक ४ गते । सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बरमझियामा आइतबार सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनामा धनकुटाकी अन्दाजी वर्ष २६ की मैयाँ राईको घटनास्थलमै मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको तीव्र गतिमा रहेको बसले विपरीत दिशाबाट आउँदै गरेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित हुँदा बस सडकमा पल्टिएको थियो । बसमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएको र उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बरमझियाको उद्वार टोलीले उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कञ्चनरुप-२ बरमझियाका २५ वर्षीय सुमित पण्डितसहित बसमा सवार रहेका घाइते यात्रुहरुलाई उपचारका लागि स्थानीय घर्मेश्वर अस्पताल कञ्चनपुर पठाएको जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको तीबव्र गतिमा रहेको बसले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएकाे छ ।  

घाइते मोटरसाइकल चालक पण्डितसहित गम्भीर घाइतेहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।