उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले मङ्गलबार अपराह्न विराटनगरमा आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रयोजन सहयोग गरेको छ ।
युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।
आर्थिक सशक्तिकरणका लागि मधेशका महिलाले वित्तीय साक्षरतासम्बन्धी तालिम लिएका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुधबार ध्यानाकर्षण बुुझाएका छन् ।
चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) जारी छ ।
कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका न्यौपानेको शव फेला परेको छ ।
सिन्धुली जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।
नेपालमा २०५२ सालदेखि सुरु भएको दश वर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभावित पीडितहरूले अझै न्याय पाउन सकेका छैनन् ।