गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।
राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्यून भए पनि त्यसको असर भोग्न बाध्य हुनुपरेको बताउनु भएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी युएनएफसीसीसीका पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप–२९) मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयक् बहसमा सांसद शाक्यले यस्तो उल्लेख गर्नुभएको हो ।
कोशी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।
जुम्लाको सिञ्जा गाउँपालिका–२ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । वि.सं. २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ ।
रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस इलामले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ । एक कार्यक्रमका बिच कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले अभियानको उद्घाटन गर्नुभएको हो ।
धरान उपमहानगरपालिका-२० चिन्डेडाँडा क्षेत्रमा नयाँ बाली लगाउन हलो र गोरुले खेतबारी जोत्न तयार गर्दै ।
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनः निर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन् ।
नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रूपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ ।
मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाह पञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ ।
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् ।
इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पेन्सनको सुविधा दिने भएको छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उहाँलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पु¥याउनुभयो । बबिताको पहिलो बच्चा जन्मदै थियो ।