मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् ।
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चारसय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीनसय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
दुई छोरालाई पछाडिको सिटमा बसाएर आपूmले मोटरसाइकल चलाएर गाईघाटबाट घर जाँदैगरेका उदयपुरको त्रियुगा नगरपालिका १३ का ४५ बर्षीय महादेव चौधरीको बुधवार साँझ दुर्घटनामा मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ। उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनुभएको छ।
चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ।आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताउनुभएको छ।
वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानुन पुरस्कारबाट अधिवक्ता कमलप्रसाद इटनीलाई सम्मान गरिएको छ।
विभागीय टोली नेपाल पुलिस क्लब र एनआरटी क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा सहज जित निकालेको छ ।
गोर्खाकी १२ वर्षीया गङ्गा थापा ‘नाम परिवर्तन’को घरमा दिदी, बहिनी, आमाबुबा गरेर पाँच जना सदस्य थिए । उहाँको आमाबुबाले खेतीपातीको काम गर्नु हुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएको कारण गङ्गा र उहाँका दिदी बहिनीले पढ्न पाएनन् ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) को प्रचार विभागले बिहीबार आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रहरीले डर त्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष् दाहाललाई पक्राउ गरेको छ ।