नेपालमा नागरिक र राजनीतिक स्वतन्त्रताको नाममा गैरकानुनी कार्य गर्ने अराजक प्रवृत्ति मौलाउँदै गएको छ ।
यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।
बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् ।
चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
डोल्पा, मङ्सिर ६ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ रङ्ग गाउँका स्थानीय कृषकहरुले उत्पादन गरेका स्याउका दाना भण्डार गर्नको लागि ढुङ्गाबाट बनाइएका परम्परागत भण्डारस्थल [कोल्ड स्टोर] । रङ्ग गाउँमा जिल्लामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने गर्दछ। तस्बिर: रासस
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्ने गरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । त्रियुगाकै सिवाही
जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हे
चितवनमा बुधबार जङ्गल सफारीपछि सौराहास्थित राप्ती नदीमा डुङ्गा शयर गर्दै पर्यटक ।
पुर्बेली लोकभाकामा पुर्बेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।
गन्धर्वका कथा, व्यथा समेटिएको ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रले हल र जनजीवनमा चर्चा पाएकै बेलामा सारङ्गी र गन्धर्व जातिलाई नै पहिचान दिलाउने झलकमान गन्धर्वको स्मृति दिवससमेत परेको छ ।
चिनियाँ उपन्यास ‘पश्चिम दिशाको यात्रा’ लाई कथालयले बाल चित्रकथा शृङ्खलाका रूपमा बजारमा ल्याएको छ ।