• २ माघ २०८१, बुधबार

बाल दिवसको अवसरमा विदेहमा कार्यक्रम

blog

प्रतियोगितामा सहभागी विद्यर्थाी सामुहिक तस्विर खिचाउँदै । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर ५ गते । अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।  

प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र, सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल र जानकी महिला जागरण समाजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा दश वटा विद्यालयको सहभागिता रहेको थियो । 

चित्रकलातर्फ शिवशंकर जनता माध्यमिक विद्यालय इटहर्वा प्रथम, भगवती आधारभूत विद्यालय योगियारा द्वितीय र श्री शंकर जनता माध्यमिक विद्यालय दुहवी गोवराहीका विद्यार्थी तेस्रो भएका छन् । त्यसैगरी बक्तृत्वकला प्रतियोगितातर्फ शिवशंकर जनता माध्यमिक विद्यालय इटहर्वाका निभाकुमारी मण्डल प्रथम, श्री शंकर जनता माध्यमिक विद्यालय दुहवी गोवराहीका नबिला खातुन द्वितीय र श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय वेलापटट्ीका खुश्बु साह तृतीय भएका छन् ।

प्रतियोगिताका विजेता विद्यालय र विद्यार्थीलाई विदेह नगरपालिकाका नगर उपप्रमुख आशादेवी झाले पुरस्कार स्वरुप शिल्ड, डटपेन र कपी प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख झाले अतिरिक्त क्रियाकलापले बालबालिकाको मानसिक, शारीरिक साथै सार्वाङ्गीण विकास हुने गरेको भन्दै पढाइका साथै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुनुपर्ने जोड दिनुभयो । 

कार्यक्रममा आसमान नेपालका सञ्जय पासवान, समाजिक विकास र अनुसन्धान केन्द्रका विवस श्रेष्ठ, जिवछ दास, सामुदायिक परिवार कल्याण संघका यमलाल साह, शंकर र जानकी महिला जागरण समाजका हरि पौडेल सहितले विजेताहरुलाई बधाई दिंदै आफनो धारणा राख्नुभयो ।