काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले आफ्नो नगरपालिकाभित्र अवैध रूपमा सञ्चालन भएका तीन वटा खानीजन्य उद्योग (क्रसर) बन्द गराएको छ ।
गुल्मीमा पहिले सहर बजार मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तराई/मधेश हुलाकी राजमार्गकेन्द्रित एकमहिने अभियान तत्कालका लागि स्थगित गरेको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरु भएको अभियान बारा जिल्ला पुगेर स्थगित गरिएको हो ।
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताउनुभएको छ। कांग्रेसले सरकारलाई समर्थन मात्रै गरेको भन्दै उहाँले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्ने बताउनुभएको हो ।
खोटाङ समाचारदाताको रुपमा कार्यरत गोरखापत्रका पत्रकार राजकुमार भट्टराई पुरस्कृत हुनुभएको छ। ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले पत्रकार भट्टराईलाई नगद २५ हजारसहित सम्मान गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि राइजिङ्ग स्टार फुटबल क्लबले जितेको छ ।
जुम्लामा हिंसा पीडित महिलाको सशक्तिकरण, आपतकालीन आश्रय, न्याय पैरवीका लागि ‘दिमा आमा घर’को स्थापना गरिएको छ। बढिरहेको हिंसालाई न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पीडित महिलाले कार्यालय स्थापना गरेका हुन्। जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो।
इलाम सदरमुकाममा शनिबार भएको फाइनलमा एपिएफले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।
वीरगन्ज गोल्डकपको उपाधि साविक विजेता नेपाल पुलिस क्लबले जितेको छ ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा सरकारले तीव्रता दिएको बताउनुभएको छ। सदरमुकाम मंगलसेनमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका क्रममा सो कुरा बताउनुभएको हो।
नेपालले इरानमा सम्पन्न छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ ।