नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा सरकारले तीव्रता दिएको बताउनुभएको छ। सदरमुकाम मंगलसेनमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका क्रममा सो कुरा बताउनुभएको हो।
नेपालले इरानमा सम्पन्न छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ ।
आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रमुखसँग सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गर्नुभएको छ।
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशाेक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने वित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरुको एक हुल आइपुग्छ न्यू रोडमा।
पाँचौँ संस्करणको पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लब मोरङको इन्ट्रा पथरी फुटबल क्लबसँग स्तब्ध बनेको छ ।
म्यान्मारको सेनाप्रति वफादार सरकारका प्रमुखले सन् २०२१ मा सेनाले ‘कू’ गरेपछि युद्धग्रस्त देशमा पहिलो पटक डिसेम्बर वा अर्को वर्षकाे जनवरीमा निर्वाचन हुने बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताउनुभएको छ ।
विभिन्न राजनीतिक दलका नेतृहरूले महिलाको सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ ।
कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा.नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो ।
हामीले लामो सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ । त्यसले जनतालाई अधिकार सम्पन्न बनाएसँगै देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । तर विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुन नसक्दा जनतामा केही असन्तुष्टि भने देखिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले संविधानको मर्म अनुरूप महिलाको विकास र सशक्तीकरणका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ।