• २५ फागुन २०८१, आइतबार

किक्रेटको व्यस्त तालिका सार्वजनिक

blog

क्यानका सचिव पारस खड्का सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै ।

काठमाडौँ, फागुन २४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ ।

क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । जसमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र घरेलु क्रिकेट प्रतियोगिताहरू रहेका छन् ।

क्यालेन्डरमा पुरुष, महिला र उमेर समूहका प्रतियोगिता र गतिविधिसमेत समेटिएको छ । जसबाट नेपाली क्रिकेट वर्षभर व्यस्त बन्नेछ । नेपालले यसवर्ष आइसिसी विश्वकप लिग–२, विश्वकप छनोट, टी–२० सिरिज, हङकङ सिक्सेस, एकदविसीय अन्तर्राष्ट्रिय सिरिज, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगितामा सहभागिता जनाउनेछ ।

नेपालले प्रतियोगितामा सहभागितासँगै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनासमेत गर्नेछ ।