बर्दिया जिल्लाको विभिन्न सिमानाकाबाट आर्थिक वर्ष २०८१/०८२ को फागुन अन्तिमसम्ममा दुई सय तीन जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमा क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका समयमा उनिहरुको उद्धार गरएको हो ।
जननिर्वाचित संविधान सभाको दुई तिहाइभन्दा बढी सदस्यको समर्थनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको हो ।
नेकपा (एमाले) को महिला भातृ सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) अछाममा नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मंगलसेनमा सम्पन्न नवौं अधिवेशनले भावना केसीको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।
सरकार कसका निम्ति ? यो संसारभर विमर्श भइरहेकै प्रश्न हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर आइतबार जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राज्यको मूल प्रवाहमा आउन नसकेको तथा सहभागिता र अवसरबाट वञ्चित रहँदै आएको वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायलाई राज्यप्रदत्त लाभ र अवसरमा समान हिस्सेदारी र सहभागिता सुनिश्चित गर्ने प्रक्रिया नै समावेशीकरण हो ।
पाकिस्तानको ८५ औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डात्तोलन गरिएको छ । दिवसका अवसरमा आइतबार नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डोत्तोलन गर्नुभयो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मदन भण्डारी फाउन्डेसनको कला तथा साहित्य प्रतिष्ठानको आयोजनामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । बेलबारी नगरपालिका–१ को तमु बुद्धिस्ट गुम्बामा आइतबार सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहेको छ ।
गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ २६ पैसा र बिक्रीदर १३७ रूपियाँ ८६ पैसा कायम भएको छ ।