गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । मदन भण्डारी फाउन्डेसनको कला तथा साहित्य प्रतिष्ठानको आयोजनामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पहिलो पटक एकल कविता वाचनमा सरिक हुन पाएको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले आफू साहित्य सुन्नमा निकै रसिक भए पनि यसअगाडि एकल कविता सुन्ने माहोल नपाएको भन्दै कवि श्रेष्ठलाई बधाई दिनुभयो । कवि श्रेष्ठले केही मुक्तकसहित आफ्ना दर्जनभन्दा बढी कविता सुनाउनुभएको थियो । फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद देवीप्रकाश भट्टचन, प्रभु बैङ्कका कार्यक्रारी प्रमुख अशोक शेरचनलगायत कवि र सर्जकको समेत उपस्थिति रहेको थियो ।