जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पालिका केन्द्र लामाखेतमा गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई जिल्ला सदरमुकाम तौलिहवासँग जोड्ने टिक्कर बुड्ढी–बिजगौरी सडकखण्ड जीर्ण भएको छ । सडकखण्ड पुनर्निर्माण नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । करिब दुई दशकअघि १० करोड रुपियाँ लागतमा निर्माण गरिएको करिब २२ किलोमिटर लामो सडक बिग्रिएर खाल्डाखुल्डीले भरिएको छ ।
बेनीदेखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब दश करोड रुपियाँ बजेटबाट अस्पताल भवन निर्माण भएको हो ।
अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले यस वर्ष गाउँ प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाको सुरक्षा आफ्नै प्रहरीद्वारा दिने उद्देश्ययले जिल्लामा पहिलो पटक गाउँ प्रहरी भर्ना गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा छावा पैदा भएको छ । प्रजनन केन्द्रमा रहेको रिमझिमकली (ढोई) बाट शुक्रबार मध्यरातिमा छावा जन्माएसँगै प्रजनन केन्द्रमा नयाँ छावा थपिएको हो ।
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वाटर एटिएमसहितको सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।
सङ्घीय संसदअन्तर्गत अइतबार राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने हुने छ ।
आफ्नै जग्गा होस्, राम्रो सुविधा सम्पन्न घर होस्, सबैको सपना हुन्छ । यहाँका कालीगण्डकी गाउँपालिका– ७ आँधीमुहानमा लामो समयदेखि बसोबास गर्दै आएका सिमान्तकृत बोटे र माझी समुदाय भने लालपूर्जाविहीन रहेका छन् ।
कर्णाली प्रदेश सभामा महिला प्रदेश सभा सदस्यको सक्रियता बढ्दो छ । प्रदेश सभा बैठकमा होस् या संसदीय समितिमा उहाँहरूको सक्रिय सहभागिता हुने गरेको छ ।
भूकम्पले क्षतिग्रत यहाँको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण गर्न लागिएको छ । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि दातृ निकायको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ‘एआई च्याटबोट’ प्रयोगमा ल्याउने भएको छ । एकीकृत सेवा प्रवाह सञ्चालन गरेर सेवाग्राहीलाई सहज बनाएको नगरपालिकाले च्याटबोटमार्फत सहज सेवा प्रवाहको तयारी गरेको हो ।