कर्णाली प्रदेश सभामा महिला प्रदेश सभा सदस्यको सक्रियता बढ्दो छ । प्रदेश सभा बैठकमा होस् या संसदीय समितिमा उहाँहरूको सक्रिय सहभागिता हुने गरेको छ ।
भूकम्पले क्षतिग्रत यहाँको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण गर्न लागिएको छ । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि दातृ निकायको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ‘एआई च्याटबोट’ प्रयोगमा ल्याउने भएको छ । एकीकृत सेवा प्रवाह सञ्चालन गरेर सेवाग्राहीलाई सहज बनाएको नगरपालिकाले च्याटबोटमार्फत सहज सेवा प्रवाहको तयारी गरेको हो ।
रुपन्देही जिल्ला सम्मरीमाइ गाउँपालिका वडा नं १ मुडिलाका कृषक ५८ वर्षीय राम अचल लोधले तरकारी खेती गर्नुहुन्छ । अचलले तरकारी खेती गरेरै जीवन परिवर्तन गर्ने सपना देखेर हिँडेको १५ वर्ष पुगेको छ । अचलले पहिला परम्परागत रूपमा तरकारी खेती गर्दै आए पनि पछिल्लो समय व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
दैलेखको राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने भएको छ ।
हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।
हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।
एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनबाट निर्विरोध निर्वाचित केन्द्रीय अध्यक्ष लालबाबु यादवले आफ्नो घोषणापत्र सार्वजनिक गरेका गर्नुभएको छ ।
तनहुँका निर्दोष दुई बालिका कारागारमा बस्न बाध्य छन् । उनिहरु तनहुँ कारागारमा आमासँग जेलमा बस्न बाध्य भएका हुन् । जिल्ला कारागार तनहुँको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । पाँच वर्षीय र तीन वर्षीय बालिका करीव एक वर्ष अघिदेखि नै आमासँग कारागारमा बस्नु परेको हो ।