नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।
हुलाकी लोकमार्गमा पुल तथा सडक निर्माणको काम एक दशकदेखि अलपत्र अवस्थामा छ ।
स्तरोन्नति भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोकमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको सम्भावना अधिक रहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएको थियो ।
हावापानी, मौसम र प्राकृतिक वातावरणबिच समानता भएको चीनको लुजाउ र पोखरा नगरबिच मितेरी सम्बन्ध स्थापित हुने भएको छ ।
जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पालिका केन्द्र लामाखेतमा गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई जिल्ला सदरमुकाम तौलिहवासँग जोड्ने टिक्कर बुड्ढी–बिजगौरी सडकखण्ड जीर्ण भएको छ । सडकखण्ड पुनर्निर्माण नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । करिब दुई दशकअघि १० करोड रुपियाँ लागतमा निर्माण गरिएको करिब २२ किलोमिटर लामो सडक बिग्रिएर खाल्डाखुल्डीले भरिएको छ ।
बेनीदेखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिकास्तरीय अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब दश करोड रुपियाँ बजेटबाट अस्पताल भवन निर्माण भएको हो ।
अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले यस वर्ष गाउँ प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाको सुरक्षा आफ्नै प्रहरीद्वारा दिने उद्देश्ययले जिल्लामा पहिलो पटक गाउँ प्रहरी भर्ना गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा छावा पैदा भएको छ । प्रजनन केन्द्रमा रहेको रिमझिमकली (ढोई) बाट शुक्रबार मध्यरातिमा छावा जन्माएसँगै प्रजनन केन्द्रमा नयाँ छावा थपिएको हो ।
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वाटर एटिएमसहितको सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए ।