विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब रुपियाँ लागतको औषधी उद्योग सञ्चालनमा आएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा एलेक्सा लाइफ साइन्सेस प्रालि नामको इलेक्ट्रोलर औषधी उद्योग सञ्चालनमा आएको हो ।
दाङमा सामुदायिक वन समूहले काठ उत्पादनसँगै अन्य विकल्प अपनाएर रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका छन् । वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आयआर्जन गर्न थालेका हुन् ।
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ । सरकारले न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ निर्धारण गरेको छ ।
आगामी धान बालीका लागि थप एक लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ ।
पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा चलचित्र विधेयक, २०८१ दर्ता गराएको छ । सो विधेयक ऐनका रूपमा आएपछि चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने छ ।
शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि अभिभावकले नै विद्यालय खोलेर आफैँले पढाउन थालेका छन् । सिद्धिचरण नगरपालिका–३, ओखलढुङ्गाको नारायणस्थान माध्यमिक विद्यालयका अभिभावकले विद्यालय खोलेर पढाउन थालेका हुन् ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ६१ वर्षीय कमला बिटालु यसअघि कुकुर्नी कामीको नामबाट चिनिनुहुन्थ्यो । उहाँले २०४४ माघ ८ गते प्राप्त गरेको नागरिकतामा उहाँको नाम कुकुर्नी कामी थियो ।
चौँरी प्रवर्द्धनका लागि ताप्लेजुङमा आयोजना गरिएको चौँरी प्रतियोगिताको उपाधि राजेश गुरुङले हात पार्नुभएको छ । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा स्थानीय कृषक गुरुङले पाल्नु भएको ‘मिक्टा’ नामक चौँरी उत्कृष्ट ठहर गरी उपाधि प्रदान गरिएको हो ।
पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट निवासी प्राडा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा निर्माण गर्न सुरु भएको माथिल्लो तमोर जलविद्युत आयोजनाको सङ्घीय लिम्बुवान प्रान्तिय मञ्च नेपालले विरोध गरेको छ। सर्वपक्षीय सहमति नजुटाई जलविद्युत आयोजनाको काम सुरु गरेकोभन्दै सङ्घीय लिम्बुवान प्रान्तिय मञ्च नेपाल फक्ताङ्लुङ गाउँ कार्यसमितिले विरोध गरेको हो।
प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कबिहीन बनेका थिए।
मधेश प्रदेशको चार जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी भए नभएको विषयमा लेखाजोखा गर्न मंगलबार महोत्तरीको बर्दिबासमा सेभ द चिल्ड्रेनले समाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।