शिक्षकको आन्दोलनले गर्दा बन्द भएका तनहुँ सामुदायिक विद्यालय पालिकाको दबाबपछि खुल्न थालेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हराएको आठ दिनपछि नौ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बुवा र आमासँग बस्दै आएका नौ वर्षीय कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गरेको आरोपमा प्रहरी एक जनालाई नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभएको छ । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभएको थियो ।
इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक, एक वटा ‘अलवेदर’(बाह्र मासे)सडक निर्माण गरिएको छ ।
मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् ।
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारलको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेका विकास योजनाहरू कार्यान्वयनमा जुटेको छ । ठेक्का मार्फत र उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका विकास योजनाहरुमा धमाधम काम भइरहेको छ ।
सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
काठमाडौँ, वैशाख १६ गते । रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्ययन गैर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताउनु भयो । उहाँले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ । मन्त्री राईले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरू मेरो पनि मत छ, यसलाई पुनः विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाऊँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’रक्षा मन्त्री राईले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने बताउनु भयो । उहाँले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउनु भयो । उहाँले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको बताउनु भयो ।