• १६ वैशाख २०८२, मङ्गलबार

नगर प्रमुखलाई दुर्व्यवहार गर्ने पक्राउ

blog

नगर प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १६ गते ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गरेको आरोपमा प्रहरी एक जनालाई नियन्त्रणमा लिएको छ ।

नगर प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिका–१ का विक्रान्तकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य सङ्घ स्याङ्जाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

श्रेष्ठले गत शुक्रबार नगरपालिका पुगेर नगर प्रमुख रेग्मीलाई गाली गलौज गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दामा कारबाही अगाडि बढाइने उहाँको भनाइ छ ।

नगर प्रमुख रेग्मीको निवेदनका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार नगर प्रमुखलाई कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्ने अशोक भट्ट भने फरार रहनुभएको छ ।