रुकुमपश्चिमको चौरजहारीमा सञ्चालित नयाँ सहर आयोजना अन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
कृषि उत्पादन बढाउन इन्द्रावती गाउँपालिकाले सिँचाइ ट्याङ्की निर्माण गरेको छ । कृषि क्षेत्रलाई सिँचाइमा सहयोग पु¥याउन उक्त गापाले सिँचाइ ट्याङ्की निर्माण कार्यलाई अगाडि बढाएको हो । पालिकाले वडा नं. ५ सूर्यकोट भुलभुलेमा ११ ला
कञ्चनपुर पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारको घरमा पनि बास बस्नुभएको हो ।
दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदायका मानिसले आफ्नो थातथलो सार्न सुरु गरेका छन् । गर्मीयाम सुरु भएसँगै उनीहरू आफ्नो थातथलो सार्न सुरु गरेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
संसारका उपलब्धि आफैँ स्थापित हुँदैनन् ।
म अहिले न राजनीतिक कार्यकर्ता हुँ न एक्टिभिस्ट नै हुँ ।
शिक्षा क्षेत्रलाई राष्ट्र विकासको मेरुदण्ड मानिन्छ ।
‘हामी यो चाहँदैनौँ कि कुनै देशले हामीले कस्तो विचार गर्नु पर्छ, अथवा हामीले आफ्नो भित्री मामिलामा कस्तो कारबाही गर्नु पर्छ भनी सिकाओस् ।
सहदेव बस्नेतजाजरकोट, वैशाख १९ गते । बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन् । रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रामबहादुर सिंहका अनुसार उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरू खटिएका छन् ।‘पखाला लाग्ने र धमाधम मर्ने गर्छन्, अहिले हामी जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका छौँ, उहाँले भन्नु भयो ‘तर मर्ने दर भने रोकिएको छैन, अधिकांश किसानका भेडा मरेका छन् ।’पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायले भेडाको स्वाब, रगत, आद्राको भाग सुर्खेत ल्याबमा पठाएको बताउनु भयो । रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको प्रमुख उपाध्यायले बताउनु भयो । उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले भन्नु भयो, ‘यहाँ पर्याप्त औषधी पनि छैन, जिल्ला बाट खासै चासो दिएको देखिदैन्, हामीले मात्रै उपचार सम्भव पनि छैन ।’पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिन अघि डाक्टर सहितको टोली पठाएर स्वाब सङ्कलन गरे पनि त्यसपछि जनशक्ति खटाएको देखिदैन् । भेडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो । सयौँको सङ्ख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ ।
नेपाली समाज हाल अभूतपूर्व सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणको चरणबाट गुज्रिरहेको छ । विश्वव्यापीकरणको प्रभाव सर्वव्यापी छ । सूचना प्रविधिको पहुँच व्यापक छ । बजार अर्थतन्त्रले समाजका अनेक पक्षमा प्रभाव पारेको छ ।
मुस्ताङ, वैशाख १९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ । छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।तस्बिरः रासस
उध्रिएको स्वेटर, थकित अनुहार र खाली खुट्टा । स्वर्गद्वारी–२, खालकी नौ वर्षीय अनुष्का परियार ढकियाभरि काफल बोकेर मन्दिर क्षेत्रमै बस्नुहुन्छ । आँखामा थकान छैन, छ त पढ्ने गहिरो सपना ।
काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।