• १९ वैशाख २०८२, शुक्रबार

सिँचाइ ट्याङ्की निर्माण

blog

भुलभुलेमा निर्माण गरिएको कृषि सिँचाइ ट्याङ्की ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख १९ गते । कृषि उत्पादन बढाउन इन्द्रावती गाउँपालिकाले सिँचाइ ट्याङ्की निर्माण गरेको छ । कृषि क्षेत्रलाई सिँचाइमा सहयोग पु¥याउन उक्त गापाले सिँचाइ ट्याङ्की निर्माण कार्यलाई अगाडि बढाएको हो ।

पालिकाले वडा नं. ५ सूर्यकोट भुलभुलेमा ११ लाख रुपियाँ र स्थानीय श्रमदानसमेत जुटाएर एक लाख ३९ हजार लिटर क्षमताको कृषि सिँचाइ ट्याङ्की निर्माण गरेको छ । अहिले उक्त ट्याङ्कीबाट पाँच सय रोपनीमा सिँचाइ भइरहेको वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो ।

पछिल्लो समय स्थानीय सरकारले कृषि क्षेत्रमा उपयुक्त बजेट विनियोजन गरेर कृषि उपज बढाउने योजना लिएको छ । ट्याङ्कीको पालिका उपाध्यक्ष शोभाना तामाङले उत्पादन बढाउन कृषि क्षेत्रमा बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो ।