बाह्रबिसे–कोदारी (२६ किलोमिटर) सडक खण्ड अन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोप्लाङ खण्ड १० फिट भासिएपछि चार दिनसम्म उक्त सडक ठप्प भएको छ ।
तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ ।
यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।
सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालबाट यस आर्थिक वर्षमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या एक हजार नाघेको छ । चालु आव २०८१/८२ को साउनदेखि अहिलेसम्म प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार नाघेको उपलक्ष्यमा
गुरुआमाः (सबै विद्यार्थीको ध्यान आकृष्ट गराउनुहुन्छ) सबै विद्यार्थी अब मलाई ध्यान दिनुहोस्, (हातको कागजतिर हेर्नुहुन्छ) मेरो हातमा एउटा सूचना आइपुगेको छ । यसमा लेखिएबमोजिम यही महिनाको अन्तिमतिर हाम्रो विद्यालयको १० औँ वार्षिकोत्सव हुँदै छ । त्यसैका लागि पर्सिबाट एक हप्ता अतिरिक्त कार्यकलाप सप्ताह हुने भएको छ । यसमा विभिन्न शीर्षकमा प्रतियोगिता हुने छ । म यसको सूची सेतो पाटीमा लेखिदिने छु । (गुरूआमा सेतो पाटीमा केही लेख्नुहुन्छ । विद्यार्थीले आआफ्नो कापीमा सार्दछन्) सबैले सार्यौ त ?
विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घाको प्रचारप्रसारका लागि पहिलो पटक कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा साइक्लिङ गरिएको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविरछेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।
नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस र एमालेको सरकारले वर्तमान अवस्थामा हरेक समस्याको कारण खोजी गर्दै त्यसको समाधान गर्ने बताउनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङगाउँका कृषक ङातर गुरुङको मङ्गलबार राति गोठमा रहेका पाँच वटा च्याङ्ग्रा हिउँचितुवाले मार्यो । कृषक गुरुङसँगै सोही गाउँका अर्का कृषक च्याङ्ग्रापालक पेम्मा गुरुङका तीन च्याङ्ग्रा हिउँचितुवाको आक्रमणबाट मरेका छन् ।
लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवालाई गाउँमै बसेर स्वरोजगारमूलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पुँजी दिएको हो ।
रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ ।
रूपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असारमा विकास निर्माणको काम गर्ने असारे विकासको प्रवृत्ति अन्त्य गर्न यो वर्ष वैशाख २५ भित्रै योजना सम्झौता गरिसक्ने निर्णय गरेको छ ।
बुटवल क्षेत्रको विकासमा पर्यटकीय सम्भावनाको खोजी गर्न थालिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदाय सरकारी सेवामा प्रवेशका लागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरका भूमिहीन दलित र भूमिहीन सुकुमवासीले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । कोहलपुर नगरपालिका–११ स्थित शीत भण्डारमा शनिबार कोहलपुर नगरपालिका–१ का ११४ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाईभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।