नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ ।
एकाबिहानै घरनजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा लक्षुमनप्रसाद कोइरालाको मन नमज्जाले कुँडिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
हेटौँडामा शुव्रmबार जिल्लास्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्लास्तरीय अनुगमन टोलीले निजी मेडिकल गैरजिम्मेवार र मापदण्डविपरीत सञ्चालन भएको पाएको हो ।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित भएको छ ।
जिल्ला अस्पताल हुम्लामा रहेको चमेनागृह (क्यान्टिन) बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रदेश सरकारले चमेनागृहका लागि आर्थिक व्यवस्था मिलाउन नसकेपछि जिल्ला अस्पतालमा भर्ना भएका बिरामी उक्त सेवाबाट प्रभावित भएका हुन् ।
विद्युत् विस्तारमा स्थानीयले अवरोध गरेपछि सुरक्षा घेराबाट काम अघि बढाइएको छ । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद समाधान नभएपछि गृह प्रशासन लगाएर काम अघि बढाइएको हो ।
धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो ।
दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो ।
वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज महानगर–१६ नगवामा घौडा दौड प्रतियोगिता गरिएको छ । नेपाल र भारतबीच प्राचीन समयदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन घोडा दौड आयोजना गरिएको हो ।
नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् ।