गृहमन्त्री रमेश लेखकले यहाँ आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा बैठकमा खुला सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइरहे पनि विशेष गरी सुनसरी र मोरङ जिल्लाका विभिन्न सिमानाकाबाट अवैध तस्करीको घटना भइरहेको दाबी गरिएको छ ।
जलजला गाउँपालिका ३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ ।
फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षाको सुरु गरेको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन विहीबारबाट सुरु गरेको हो ।
आफ्ना नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको बागलुङको गलकोट नगर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ ।
बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नुहुने छ ।
अन्नपूर्ण गाउँपालिका–१, दोबामा पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ ।
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोडसेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् कम भएको कारण लोडसेडिङ समय बढेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ब्रिटिस काउन्सिलको सहकार्य तथा युनेस्कोको आयोजनामा ‘क्राफ्टस एन्ड फोल्क आर्टस ’ विषयक छलफल सम्पन्न भएको छ । कार्यक्रममा युनेस्कोका नेपाल प्रति