कविराज घिमिरे हिले, जेठ १ गते । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–९ आहालेमा गए राती भीषण आगलागी भएको छ । आगलागी वाट स्थानीय टेक बहादुर थापाको दुई वटा घर, एक वटा गोठ, बाख्राको खोर र भान्सा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा परेर दुई गाई र नौ वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको प्रहरीको भनाइ छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीको भनाइ छ । बुधवार राति करिब ११ः३० बजे सुरु भएको आगो करिब ४ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । सबै तिर आगो सल्किएपछि मात्र थाहा पाएकाले आगो नियन्त्रण गर्न नसकेको महालक्ष्मी नगरपालिका वडा नम्बर नौ का वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो । स्थानीय लक्ष्मण काफ्लेका अनुसार आगो सबैतर्फ सल्किसकेपछि मात्र थाहा पाएको हुँदा अन्नपात र पशु चौपाया केही पनि जोगाउन नसकिएको बताउनु भयो ।
डकले बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान सुरु गरिएको छ । अमरगढी नगरपालिका ८ स्थित डकलेमा निर्माण गरिने बसपार्क क्षेत्रमा रुख कटानीको आदेश नहुँदा निर्माणको काम सुरु हुन सकेको थिएन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सूचना प्रविधिको वर्तमान युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कातिर सेवाप्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभि
पुनर्वास नगरपालिका–३ की वसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नुपरेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोaलेर उहाँ स्वरोजगार हुनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले खुला सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बुधबार विराटनगरमा उद्घाटनपछि गृहमन्त्री लेखकले औपचारिक आयात विस्थापित हुने गरी भइरहेको तस्करी नियन्त्रण हुनुपर्ने बताउनुभएको हो ।
पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।
नेतृ डा. बिन्दा पाण्डेको नयाँ कृति ‘भुइँमान्छे’ बारे विमर्श कार्यव्रmम आयोजना गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा कृतिमाथि पूर्वमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले
ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।
मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ ।
चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ ।
बर्दियामा १० महिनादेखि अक्सिजन उत्पादन बन्द हुँदा बिरामीले सास्ती भोगिरहेका छन् । बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएको र अक्सिजन प्लान्ट बन्द भएपछि बर्दियावासी नेपालगन्ज अक्सिजन लिन जान बाध्य भएका हुन् ।
चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
चौँरी महोत्सवको निम्तो स्विकार्दै पहिलो पटक फालेलुङ गाउँपालिका आइपुग्नुभएका कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहितको टोलीलाई वडा नम्बर ५, प्राङबुङ प्र