• १ जेठ २०८२, बिहिबार

सतुङ्गलको कपडा पसलमा आगलागी

blog

काठमाडौँ जेठ  १ गते ।  चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । 

आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध वारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत  दमकल प्रयोग गरिएकाे छ। रासस