राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको छ ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाँडै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
भारतीय सेनाको आरोही टोलीले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गरेको छ । भारतीय सेनाका कर्नेल रणभीरसिंह जमवाल नेतृत्वको टोलीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो ।
लागु औषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागु औषधको समस्या विकराल बन्दै गएको बताउनुभएको हो ।
इलामको माङसेबुङ गाउँपालिका–६ (दाँया) र पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ (बाँया)को सङ्गमस्थलमा अवस्थित चिसोपानी पञ्चमी बजार ।
बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो ।
शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ।
बाँकेको कोहलपुरमा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सवारी मजदुरको आँखा परीक्षण गरिएको छ।
पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगन्जका स्थानीयले दुई घण्टादेखि पूर्व पश्चिम राजमार्ग ठप्प पारिरहेका छन्।
पाँचौ रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का युगराज बुढाले जित्नुभएको छ। बुढाले ताल वरिपरि १५ किलोमिटर दुरी एक घण्टा १२ मिनेटमा पार गरेर ५० हजार रुपियाँ नगदसहित पुरस्कार जित्नुभएको हो ।
यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
चीन भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गर्नुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक वर्ष सुरु भएसँगै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो।