• ९ जेठ २०८२, शुक्रबार

भिरबाट लडेर महिलाको मृत्यु

blog

केशब राज भट्ट
बैतडी (बाशुलिङ्ग), जेठ ९ गते ।
बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो ।

शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उहाँको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले जानकारी दिनुभयो । भिरबाट झण्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।

उहाँका  एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन् । उहाँ दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । शुक्रबार भिरबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।