नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ ।
म्याग्दी र पर्वतको जलजलामा निर्माण हुने साढे ५० मेगावाट क्षमताको बेनी कालिगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । जलजलामा जलविद्युत आयोजना निर्माण हुने भएपछि यहाँका स्थानीयहरु उत्साहित भएका छन् ।
अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले बजेट तयारीको कार्य जारी रहेको उहाँको भनाइ छ।
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।
जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालबालिकामाथि जातिय विभेदसहित कुटपिट भएको पाइएको छ ।
जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।
टेलिसिरियल ‘गाउँ फर्क’को प्रोमो मिडिया हबको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गाउँ फर्कको पुरा भाग भने यही जेठ १५ गतेदेखि बिहीबार साँझ ६:४५ बजे आउने छ।
अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिनुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो ।
बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा शुक्रबार राति १ बजेर ४८ मिनेट जाँदा गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि ३.७ रेक्टर स्केलको एक र त्यसपछि १० वटा साना परकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।
नेपाली काँग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानुन बमोजिम जग्गा खरिद गर्नसक्ने तर बिक्री गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो ।
हेटौँडामा पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । दस वटा स्थानीय तह रहेको मकवानपुरको हेटौँडामा यो रोगको सङ्क्रमण फैलिएको हो ।