उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ माछीखोला आसपासका एक सय ४० वटा घरमा एक घर एक धारा खानेपानी निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडिबुटी प्रशोधन केन्द्रहरु अलपत्र परेका छन् । निकुञ्ज र जैविक मार्ग क्षेत्रमा उत्पादन भएको जडिबुटी प्रशोधन गर्न स्थापना गरिएका प्रशोधन केन्द्रहरू प्रयोग नभएर जीर्ण बनेका हुन् ।
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
बजेट बनाउने चटारोका बेला गुल्मीको मालिका गाउँपालिका आन्तरिक विवादमा फस्दै गएको छ । गाउँपालिकाका विभिन्न सेवा क्षेत्रमा कार्यरत करारका कर्मचारी हटाउने निर्णयमा कार्यपालिकामा एक मत नहुँदा डेढ महिनादेखि गाउँपालिका विवादमा फसिरहेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ आयोजनाअन्तर्गत बगुवामा डाईभर्सन बाटोमा प्रयोग भएको ह्युम पाईप बगाएपछि पूर्णरुपमा बन्द भएको छ ।
कैलालीको चुरे क्षेत्रअन्तर्गत पर्ने मोहन्याल गाउँपालिकाका वडा नम्बर १ कोपिला सामुदायिक वनमा जोडिएका उपभोक्ता महिलाहरु खाना पकाउने ईन्धनको रुपमा ग्यास चुलो पाएपछि खुशीले दङ्ग परेका छन् ।
आवश्यकता र मागभन्दा पनि लहडमा योजना छनोट गर्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा निर्माण भएको पशुबधशाला अझै सञ्चालनमा आउन सकेको छैन ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५,ठिनीमा रहेको हिउँ चितुवा गुफा पर्यटकको आगमन बढेसँगै धमाधम पूर्वाधार विस्तार गरिएको छ । गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि रेलिङ सहित पदमार्ग, पार्क, खानेपानीको धारासहित तटबन्धनको काम भइरहेको छ ।
दुई वर्षमा कालोपत्रे सक्ने गरी सम्झौता भएको यहाँको एक सडक नौ वर्षको अवधिमा जम्मा सात किलोमिटर मात्र कालोपत्रे भएको छ । यहाँको कालीगण्डकीको मिर्मी–बिर्घा–रानीघाट सडक सम्झौताको समय सकिएको थप सात वर्षसम्म अलपत्र परेको छ ।
तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटकले सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्नु स्वाभाविक हो ।
वनजङ्गलमा काठ घाटगद्दी गरेर राखिएको छ तर विदेशबाट ल्याइएको महँगो काठ खरिद गर्न उपभोक्ता बाध्य भइरहेका बेला नवलपरासीमा करोडौँ मूल्य बराबरको काठ सड्न थालेको छ ।
औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडीबुटी प्रशोधन केन्द्र अलपत्र परेका छन् ।
सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् ।