काठमाडौँ, जेठ २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताउनुभयो । उहाँले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताउनुभयो । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ । “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला हो ताप्लेजुङ। कञ्चनजङ्घा हिम शृङ्खलासँगै फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि परिचित रहेको छ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ। संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका–५ स्थित लुमसुन बस्ने ३५ वर्षीय राजेश राईको शव फेला परेको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न तीन दिने प्रतियोगिातका ब्यक्तिगततर्फ सद्भावले कूल २० अन्डर एक सय एक सय ९६ स्कोरका साथ उपाधि जित्नुभएको हो ।
काठमाडौँ महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माविले जितेको छ ।
केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
बाढी पहिरोबाट उद्धार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने मनमोहक फुतफुते झरना ।
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरीलाईनै धम्की दिने एक जनालाई पक्राउ गरेको छ । नैनादेवी गाउँपालिका ७ पाल्पा घर भई हाल नक्साल बसोबास गर्ने ५७ वर्षीय भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै किसिमको अनुचित कार्य नगरेको बताउनुभएको छ।