तिब्बतको न्यालम, खासा र विभिन्न भागमा मालवस्तु बोकेको कन्टेनरहरु अलपत्र परेको, रसुवा नाकामा पुल निर्मार्णमा ढिलाई हुँदा व्यापारिक गतिबिधि ठप्प भएको लगायतका समस्याबारे काउन्सिलमा लिखित मौखिक जानकारी गराएको संघका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–५, बाहुन भन्ज्याङमा भएको झैँझगडामा एक जनाको मृत्यु भएको छ ।
चिच्याएर वर माग्ने विशेषताले प्रसिद्ध मुसिकोट नगरपालिका-६ कुर्घाको कुर्घा मालिका मन्दिरमा चिच्याएर वर माग्नेकाे घुइँचो लागेको छ ।
शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।
फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।
धान काटेर पाँजा लगाएको खेतबाट पानी कटाउन नसक्दा किसानको धान खेतमै उम्रिन थालेको छ ।
दाजुभाइको दीर्घायुको कामना गर्दै सुरु भएको सामा चकेवा स्थानीय शिव मन्दिरको प्राङ्गणमा धुमधामले खेलेको मैथिली अभियानी एवं शिक्षिका ललिता झाले जानकारी दिनुभयो ।
केही दिनदेखि परेको हिमपातका कारण केही समय सुस्त बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मौसम खुलेसँगै पुन पर्यटकको चहलपहल बढ्न थालेको छ ।
बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ ।
जिल्ला प्रहरी तथा मातहतका कार्यालयहरूले चोरी पैठारी गरी ल्याउँदै गरेको किराना तथा कपडा लगायतका सामान नियन्त्रणमा लिई राजविराज भन्सार कार्यालयमा बुझाएको हो ।
बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो ।