सुधा देव
भारदह (सप्तरी),कार्तिक १९ गते । मैथिली महिला सञ्जाल सप्तरीका महिलाहरूले मङ्गलबार धुमधामले सामूहिक रूपमा सामा चकेवा खेलेका छन् ।
दाजुभाइको दीर्घायुको कामना गर्दै सुरुभएको सामा चकेवा स्थानीय शिव मन्दिरको प्राङ्गणमा धुमधामले खेलेको मैथिली अभियानी एवं शिक्षिका ललिता झाले जानकारी दिनुभयो ।
उहाँले भन्नुुभयो,“छठपूजासँगै सप्तरीसहित तराई मधेशका दिदीबहिनीले माटोको सामा चकेवा लगायतका मानवरूपी पात्रहरू बनाएर सिँगारेर घरघरमा खेल्दै आए पनि अन्तिम दिन विभिन्न टोल समुदायका दिदीबहिनीहरू मिलेर समूह खेलेर रमाइलो गर्नुका साथै मधेशका रीतिरिवाज र संस्कृतिलाई निरन्तरताका लागि सबै उत्सुक भएर खेल्नुभयो ।”
परापूर्व कालदेखि मधेसश र थारू समुदायले खेल्ने सामा चकेवा कात्तिक शुक्ल पञ्चमी तिथि छठपूजाको खरनाको दिन देखि शुरूभई कार्तिक पूर्णिामा तिथि अर्थात् आज बुधबार सामा चकेवालाई विसर्जन गर्ने अर्का मैथिली अभियानी रश्मि झाले बताउनुभयो ।
सामा चकेवाको विसर्जनपछि दिदी बहिनीले दही चिउरा मिठाई लगायत खानेकुरा प्रसादी बाँडेर समूहमा बसेर खाने चलन छ ।
