शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी) कात्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी तथा मातहतका कार्यालयहरूले चोरी पैठारी गरी ल्याउँदै गरेको किराना तथा कपडालगायतका सामान नियन्त्रणमा लिई राजविराज भन्सार कार्यालयमा बुझाएको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएका नौ लाख ४२ हजार ८ सय ८५ रुपियाँ बराबरको सामान भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।