बेनीबजारमा बिहानै ताजा डोकोमा तरकारी बोकेर दैलो दैलोमा पुर्याउने ७२ वर्षीया खन्तकुमारीको दिनचर्या बनेको छ । सात दशक उमेर पार गरे पनि उहाँको जाँगर र मेहनतलाई उमेर छेक्न सकेको छैन ।
जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् । गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।
तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबिच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।
एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ ।
आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका २ अवरैया बस्ने २७ वर्षीय हेमराज थारुलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो ।
गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उदघाटन गर्नुभयो ।
सरकारले भोली (शनिबार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुली भेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
बाढी पहिरोबाट सर्वसाधारणलाई उद्दार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोसी नदीमा डुबेर बिहीबार बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवान मध्ये एकको शुक्रवार शव फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् ।
नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ ।
लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।