इस्लाम धर्मावलम्बीले मनाउने महान् चाड बकरिद (ईद उल अजहा) शनिबार मनाउने भएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कालिकोटमा जलवायु परिवर्तन विरुद्धको एक्येबद्धता अभियान औपचारिक रुपमा सुरु गरिएको छ ।
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् ।
हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो ।
नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ ।
गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटना बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक आउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठयक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
सदरमुकाम बागलुङ बजारमा सम्पन्न चौथो जिल्ला सभाले विशेषगरी अलपत्र रहेका ठूला पूर्वाधारका योजना सम्पन्न गर्न पहल गर्ने, संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै अनुगमन प्रणालीलाई बढाएर चुस्त पार्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।
खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ ।
सिकार खेल्न गएका युवकको छर्रा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –४ काप्रीखोलाका ३५ वर्षीय पूर्णबहादुर सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।