घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नुभएको हो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त पदमार्ग नहुँदा जोखिम मोलेरै आउजाउ गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । गत वर्षको बर्खामा देउखोलास्थित भालुखाप्चेमा पहिरोले मुख्य पदमार्ग पूर्ण रूपले अवरुद्ध बनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
मुस्ताङको घरपझोङ गाउँपालिका– ५ सम्लेस्थित छ, ढुम्बाताल । निलगिरि हिमालको फेदमा समुद्री सतहदेखि दुई हजार ८३० मिटरको उचाइमा अवस्थित ढुम्बाताल धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाकाको भ्रमणमा जाने पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
भूकम्पले २०८० साल कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिमका हजारौँ परिवारको घर भत्काइदियो । डेढ वर्ष बितिसक्यो तर टहरा र त्रिपालमुनिको बासको अन्त्य भने हुन सकेको छैन ।
मापदण्डविपरीत उत्खनन गरेको गुनासो आएपछि जिल्लामा सञ्चालित क्रसर उद्योगलाई मापदण्डमा आउन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले निर्देशन दिएको छ । मेलम्ची, इन्द्रावती क्षेत्रमा
कर्णाली प्रदेश सभामा प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक टेबुल गरिएको छ । सामाजिक विकासमन्त्री छैटौँ अधिवेशनको १३ औँ बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त विधेयक टेबुल गर्नुभएको हो ।
झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुरका कृषक कृषि पेसाबाटै आत्मनिर्भर बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलक्षित विभिन्न अनुदानलगायतका कार्यक्रम सञ्चालन गर्दा कृषक आत्मनिर्भर बन्दै गएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास ऐन बनाउँदै छ । आदिवासी थारू जातिभित्र परम्परादेखि चलनमा रहेको बरघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन र विकास गर्न प्रदेश सरकारले यो ऐन बनाउन लागेको हो ।