• २२ कात्तिक २०८२, शनिबार

केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

blog

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँको भनाइ छ ।